पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना



सुर्खेत । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी सुर्खेतमा दुर्घटना भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि भेरीगंगा नगरपालिकाको मसिना जानेक्रममा खड्का सवार बा १५ च ८५५४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

रत्नराजमार्गको छिन्चु–धुलियाविट सडक खण्डको सत्तरी भन्ने ठाउँमा गाडी दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पूर्व गृहमन्त्री समेत रहेका खड्का सकुशल हुनुहुन्छ । तर उहाँका अंगरक्षक प्रहरी नायव निरीक्षक सञ्जिव आचार्य घाईते भएको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

उहाँको क्षेत्रीय अस्पताल कालागाँउमा उपचार हुन नसकेपछि सिटी स्क्यानको लागि वीरेन्द्रगरको माया नर्सिङ होममा उपचार भइरहेको छ । गाडी भित्तामा ठोक्किएको छ तर दुर्घटनाको कारण भने नखुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्