वडा सदस्यलाई पनि तलव भत्ता चाहियो



पाल्पा । हालै ५ नम्वर प्रदेश सरकारद्धारा स्थानीय तह महानगरपालिका,उपमहानगरपालिका, नगरपालिका र गाउँ पालिकाका पदाधिकारीहरुको तलव भत्ता सम्वन्धमा प्रदेश सरकार र संसदमा विधेयक दर्ता गरे पनि वडा सदस्यहरुको तलवभत्ता नतोकेकोमा त्यसको विरोध स्वरुप पाल्पाका वडासदस्यहरुले आफूहरुको पनि तलवभक्ता तोक्न माग गरेका छन ।

पाल्पा जिल्ला स्थानीय कार्यपालिका सदस्य संघर्ष समिती पाल्पाका संयोजक विष्णु प्रकाश सुस्केराले एक विज्ञप्ती जारी गरी ५ नं प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सेवा सुविधा सम्वन्धि विधेयकमा सरकारमा प्रतिनिधित्व गर्ने सवैको सेवा सुविधा सम्वन्धमा केही नभनिएको अल्पसंख्यक, दलित, महिला सदस्यलाई विभेदपूर्ण व्यवहार गरिएको उल्लेख गर्दै सवैलाई समावेशीताको सिद्धान्त अनुसार सेवा सुविधा उपलव्ध गराउन माग गरिएको छ ।

विज्ञप्तीमा यदि माग प्रति वेवास्ता गरिएमा प्रतिनिधित्वका रुपमा स्थानीय सरकारमा सहभागि हुने विषयमा गम्भीर निर्णय लिन पनि पछि पर्ने छैनौ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्