धुर्कोट धार्मिक महोत्सव सुरु



अनिल खत्री, गुल्मी । गुल्मीको धुर्कोटमा धार्मिक महोत्सव सुरु भएको छ । ‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ धार्मिक महोत्वस संचालन गरिएको छ ।

धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो । धार्मिक महोत्वस चैत १० गतेसम्म एक हप्ता संचालन हुने आयोजकले बताएको छ । महोत्सवको गुल्मी क्षेत्र नं २ का प्रदेश सांसद दिनेश पन्थीले उद्घाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै पन्थीले पर्यटन पर्वधनका लागि धार्मिक स्थलहरुले महत्वपूर्ण भूमिका रहने बताए । उनले पछिल्लो समयमा गुल्मी जिल्लामा केहि महत्वपूर्ण स्थलहरु पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले जिल्लाको विकास हुन नसकेको बताए । त्यसको विकास र प्रचारको लागि आफूहरुले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्लाका सबै पर्यटकिय तथा धार्मिक स्थलहरुको गुरुयोजना बनाई काम गर्ने समेत उनको भनाई रहेको छ । संसद पन्थीले धुर्कोटकोमा हुन लागेको धार्मिक महोत्वसले समग्र धुर्कोट लगायत सिंगो जिल्लाको नै विकासमा सहयोग पुग्ने आशा ब्यक्त गरे ।

धार्मिक महोत्वसमा युवा तथा बाचन सम्राट पण्डित भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन हुनेछ छ । ऐतिहाँसिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिवबहादुर खत्रीले बताए । धार्मिक महोत्सवमा कुल दुई करोड संकलन गर्ने आयोजकले लक्ष्य लिइएको छ ।

२० लाख दिनेको पूर्णकदको शालिक बनाइने
एक हजारसम्मकोलाई रसिद दिने, एक हजारदेखि ५ हजारसम्म रसिद, प्रमाणपत्र र खादाले सम्मान गरिने भएको छ । त्यस्तै पाचँ हजारदेखि १० हजारसम्म दिनेलाई फ्रेममा प्रमाणपत्र, दोसल्ला र साधारण सदस्यता, १० हजारदेखि ३० हजारसम्म सिङ्गमर्मरमा नाम लेखिने र माथिका सम्मान गरिने भएको छ ।

३० देखि ४० हजारसम्म सहयोग गर्नेलाई एकल फोटो, आजिवन सदस्यता, ४० देखि ६० हजार सम्म दिनेलाई दम्पत्ति फोटो र आजिवन सदस्यता, ६० हजारदेखि एक लाखसम्म दिनेलाई परिवारको फोटो सचिवालयमा राख्ने र विशिष्ट सदस्यता प्रदान गरिने भएको छ । त्यसैगरि एकलाखभन्दा माथि सहयोग गर्नेलाई बाजागाजाबाट सम्मान गर्नुका साथै विशिष्ट सदस्यता, १० लाखभन्दा माथि सहयोग दिनेलाई अर्धकतको शालिक र मानार्थं संस्थापक सदस्यता र २० लाखभन्दा माथि दिनेलाई पूर्णकदको शालिक निर्माण गरिने भएको छ ।

१० हजार भन्दा बढी सहयोग गर्नेलाई आजिवन सदस्यता, फ्रेममा फोटो र दोसल्ला अ‍ोढाएर सम्मान गरिने धार्मिक महोत्वस मूल आयोजक समिति सदस्य मनोहर पन्थीले जानकारी दिए । महोत्सवको अबसरमा जिल्लाका १० गाउँपालिका र २ नगरपालिका गरी १२ स्थानीय तहका प्रमुख, उपप्रमुखहरु धुर्कोट आउने भएका छन् । जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेश सभाका सासंदहरु पनि प्रत्येक दिन प्रमुख अतिथि बन्ने कार्यक्रम तय गरिएको छ ।

जसअनुसार प्रदेश सासंद पन्थीपछि अब तिन प्रदेश सासंद र २ प्रतिनिधिसभाका सासंद धुर्कोट आउने छन् ।सासंदहरुको समय अनुकुलतामा कार्यक्रममा प्रमुख अतिथि बनाइने गाउँपालिका उपाध्यक्ष शिव खत्रीले बताए । धुर्कोट गाउँपालिमा रहेका विभिन्न आमा समूहले मन्दिरमा संचालन हुने धार्मिक महोत्सवको लागि स्थानिय स्तरमै बनाउ सकिने पुजा सामाग्रीको निर्माण गरेका छन् ।

धुर्कोट रजस्थलमा रहेको प्रगतिशिल महिला समूहको नेतृत्वमा सातवटै वडाका आमा समूहद्धारा विभिन्न पुजा सामाग्रीहरु निर्माण गरिएको आयोजकले जनाएको छ । १५ हजार भन्दा बढी दुना टपरी, फूल, माला, कलश, मञ्च सजावटका सामाग्री लगायतका सामाग्रीहरु निर्माण गरेको प्रचार प्रसार संयोजक दधिराम खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्