यो हो रुकुम सदरमुकाम नजिकैको सडक



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट सल्ले सडक खण्ड अन्र्तगतको सडक भत्कीएको एक बर्ष भन्दा बढी हुँदा सम्म कसैको चासो नभएको भन्दै स्थानियहरुले दुखेको गरेका छन् । सो सडक खण्डको ठाँउ ठाँउमा सडक भत्कीएपछि गाडीहरु फेरी धुलाम्यमा चल्न थालेका छन् ।

निमार्णको जिम्मा लिएको रौताहा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्दा गुणस्तरिय सामाग्री प्रयोग नगरेकै कारण सडक भत्कीएको स्थानियको गुनासो छ । तर सडक सँग सम्बन्धीत निकायले हाल सम्म चासो नदेखाएको स्थानियको भनाई छ ।

सडकको बिच भागमा कालोपत्रे उप्कीएर धुलाम्य हुन थालेको छ । सदरमुकामकै सडक जिर्न बन्दा सम्म सरकोरवालाले चासो नदिएकोले गाडी संचालन गर्न पनि धौ धौ भइरहेको गाडी संचालकको भनाई छ । मुसिकोट, बागबजार, सेरीगाँउ, तथा सल्ले मठ लगाएतका ठाँउमा कालोपत्रे गरिएको सडक पुरै उम्भीएर जिर्न बनेको छ ।

प्रतिक्रिया दिनुहोस्