सीलाई नेपालको बधाई



नेपाल समाचारपत्र, काठमाडौं ।

छिमेकी मुलुक चीनको राष्ट्रपति पदमा पुनः सी जिङ पिङ निर्वाचित हुनु भएकोमा उहाँलाई नेपालले बधाई तथा शुभकामना सन्देश पठाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सीलाई छुटाछुट्टै शुभकामना सन्देश पठाउँदै दुवै मुलुक वीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र सो सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नु भएको छ । आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमी चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

दुई देशबीच उच्चस्तरमा हुने भ्रमणले दुई देश र जनस्तरको सम्बन्ध थप प्रगाढ बन्दै जाने ओलीको भनाई छ । चिनियाँ जनकंग्रेसले शनिबार सीलाई पुनः चीनको राष्ट्रपतिमा निवार्चित गरेको हो ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले नव निर्वाचित चिनियाँ समकक्षी वाङ चिसानलाई बधाई सन्देश पठाउँदै वाङको आगामी कार्यकालमा दुवै मुलुक वीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्