ट्राफिक सचेतनाको लागि स्लो बाईक रेस प्रतियोगिता



लमजुङ । लमजुङमा ट्राफिक सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता गरिएको छ । वढ्दो सडक दुर्घटनालाई ध्यानमा राखी रोट्रयाक्ट क्लव अफ लमजुङले रोटा सप्ताहका अवसर दुर्घटना न्युनीकरणका लागि सचेतनामुलक स्लो बाईक रेसको आयोजना गरिएको हो ।

प्रतियोगितामा बेसीशहरका शुरेस श्रेष्ठले निर्धारित दुरी सवैभन्दा बढी समय लगाएर वाइग विस्तारै चलाउदै प्रथम विजेता भए । सो प्रतियोगितामा बेसीशहरकै अमृत विक दोश्रो भए भने गुणराज सिलवाल तेश्रो भएका कार्यक्रम संयोजक रुपेश खतिवडाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम भएका श्रेष्ठलाई बेसीशहरस्थित ग्लोवल बजाज सोरुमले विभिन्न गिफ्ट ह्याम्पर सहितको पुरस्कार उपलब्ध गराएको थियो । हेलमेट, चेष्टगार्ड, बडीस्प्रे लगायतको गिफ्टह्याम्पर उपलब्ध गराएको क्लवले जनाएको छ ।

क्लबका अनुसार ‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने नाराका साथ स्लो बाईक रेस खुल्ला प्रतियोगिता आयोजना भएको सो प्रतियोगितामा ४१ जनाले भाग लिएका थिए ।

अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङले मार्च १३ देखि १९ सम्म विभिन्न कार्यक्रम तथा प्रतियोगिता गरी रोटा सप्ताह मनाएको छ । मार्च १३ अन्तराष्ट्रिय जगतमा रोट्रयाक्टको स्थापना दिवस भएकोले यो सातालाई बार्षिक रोटा सप्ताहको रुपमा मनाईले क्लवका सचिव सुजन श्रेष्ठले जानकारी दिए ।

रोटा सप्ताहको अवसरमा यसअघि क्लवले लमजुङ जेसीससँग मैत्रीपुर्ण फुटवल प्रतियोगिता, लागुपदार्थ दुव्र्यसन न्युनिकरणसम्वन्धी सचेतनामुलक छलफल लगायतका कार्यक्रम गरिसकेको छ । परेवाडाँडाका विद्यार्थीहरुलाई सहयोग कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्