मनाङे अब ‘मोस्ट वान्टेड’ सूचीमा



नेपाल समाचारपत्र, काठमाडौँ ।
मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनेर चिनीने राजीव गुरुङ बिरुद्ध नेपाल प्रहरीले ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । लामो समयसम्म पनि फेला नपरेका उनी नेपाल बाहिर गएको सूचनाको आधारमा रेड कर्नर नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

‘गुण्डा नाईके’को रुपमा चिनिएका गुरुङको नेपाल भित्र मात्रै नभएर विदेशमा समेत खोजी भईरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्