‘किरात प्रदेश’को लागि हस्ताक्षर संकलन



रामधन राई, खोटाङ । ‘किरात प्रदेश’ नाम राख्नुपर्ने माग गर्दै खोटाङमा हस्ताक्षर संकलन अभियान थालिएको छ । प्रदेश नम्बर १ को विभिन्न नाम प्रस्ताव भइरहेकाबेला किरात राई यायोक्खा, किरात राई बिद्यार्थी संघ, किरात राई कलाकार संघ र किरात सेवा समाजले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा हस्ताक्षर संकलन अभियान थालेको हो ।

प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा किरात राई यायोक्खा केन्द्रीय समितिले फागुन २५ गतेदेखि सुरु गरेको हस्ताक्षर संकलन अभियानका क्रममा खोटाङमा पनि हस्ताक्षर अभियान थालिएको यायोक्खाले जनाएको छ ।

शुक्रबार नुनथलादेखि थालिएको हस्ताक्षर संकलन अभियानका क्रममा शनिबार सदरमुकाम दिक्तेलमा हस्ताक्षर संकलन गरिएको छ । ऐतिहासिक पहिचान, किराती सभ्यता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्न उपयुक्त हुने भएकाले जनसमर्थन जुटाउन हस्ताक्षर संकलन थालिएको किरात राई यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्