बुझिनसक्नु छ ‘ओलीवाद’



‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने नेपाली आहानको अर्थ अर्कै होला। सो उखानको अर्थ नेपाली राजनीतिमा हुबहु मेल खान्छ। त्यो पनि मुलुकको राजनीतिका मुख्य मियो बनेका कम्रेड ओलीसँग। गत मंसिरमा भएको निर्वाचनमा मुलुकका विभिन्न ठाउँ पुगेर उनले गर्या भाषण केवल झारो टार्नका लागि भएको पुष्टि भएपछि धरहराले यो उखान झलझली सम्झन थाल्या छ।

निर्वाचनको प्रचार–प्रसारका क्रममा ओलीले ताप्लेजुङबासीलाई भने– ‘तपाईंले योगेशलाई जिताएर पठाउनुस, मन्त्री बनाउने काम मेरो।’ निर्वाचनमा कम्रेड योगेश राम्रो मतका साथ विजयी पनि भए, उनी ओली सरकारमा मन्त्री हुने पक्का पक्की नै भयो। सञ्चारमन्त्री बन्ने निधो भएका भनिएका योगेश अहिले रहस्यमय ढंगले ‘रिङ आउट’ भएका छन्।

ओलीको खोक्रो आश्वासनको शिकार हुने योगेश नै पहिलो भने होइनन्। पार्टीकै उपाध्यक्ष रहेकी कम्रेड अष्टलक्ष्मी मुख्यमन्त्रीको निर्वाचनमा आफूमाथि खुराफाती भएको खुलेआम बताउँछिन्। २०६४ र २०७० को संविधानसभा निर्वाचनताका झापाबाट विजयी बनेका दीपक कार्कीलाई पनि ओलीले ‘योगेश फर्मुला’ प्रयोग गरिसकेका छन्।

पहिलो संविधानसभा निर्वाचनमा ओलीले झापा–७ बाट लज्जास्पद हार बेहोर्दा कार्की झापा–६बाट विजयी भए। झापाको गौरादहमा २०७० को चुनावी प्रचारका क्रममा कार्कीलाई विजयी बनाउन ओलीले योगेश शैली दोहोर्याए। जनतासँग कुनै कनेक्सन नभएका कार्कीकै गाउँका सांसद खरेललाई पो मन्त्री बनाए। कार्कीले भने यसपटक उम्मेदवारको टिकट पनि पाएनन्। खरेलको चाहिँ अहिले हाईहाई छ।

प्रतिक्रिया दिनुहोस्