अनुश्का, सानो विराटको तयारीमा !



जब सेलिब्रेटीहरू बीच प्रेम सम्बन्ध चल्छ, उनीहरूको विवाह कहिले हुँदै छ भन्ने कौतुहल सबैमा जाग्छ। जब विवाह हुन्छ त्यसपछि उनीहरू कहिले बच्चा जन्माउँदै छन् भन्ने विषयले चर्चा पाउँछ। हलिउड र बलिउड फिल्म उद्योगमा यस्तो अझ बढी नै हुने गर्दछ।

हाल बलिउड नायिका अनुश्का शर्मा र विराट कोहली कहिले आमाबाबु बन्दै छन् भन्ने विषयले पनि यसै गरी स्थान पाइरहेको छ। केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका उनीहरूका बारेमा हालै विराटले शेयर गरेको एक ट्विटलाई आधार मानेर उनीहरूका अधिकांश फ्यानले अनुश्का गर्भवती भएको अनुमान लगाएको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्। विराटले ट्विटरमा लेखेका छन्– ‘यो समय केही खास भइरहेको छ। यसको बारेमा म तपाईंहरूलाई छिट्टै बताउनेछु।’ यो ट्विटका कारण उनीहरूबीच के भइरहेको छ भनेर मानिसले आ–आफ्नो धारणा पोखिरहेका छन्। उनीहरूको फ्यानलाई लागिरहेको छ कि विराटसँग केही खुसीको खबर छ। त्यसैले उनीहरू विराटलाई के अनुश्का गर्भवती छिन् भनेर सोधिरहेका छन्।

एक व्यक्तिले ट्विट गरेका छन् कि विराटको यो ट्विटको स्क्रिनसट उनी ९ महिनासम्म सेभ गरेर राख्नेछन्। केहीले भनेका छन्– ‘अब छिट्टै सानो विराट आउँदै छन्।’

विराटले आफूले यो ट्विट गर्ने बेला सोचेका थिएनन् होला कि मानिस उनको यस ट्विटको के अर्थ लगाउँछन्। मानिसले उनको कुराको सही अर्थ निकालेका पनि हुन सक्छन् यो कुरा त केही दिनमा थाहा हुने नै छ।

प्रतिक्रिया दिनुहोस्