निगमले पुराना टुवीअटर विस्थापित गर्दै



नेपाल समाचारपत्र
काठमाडौं

नेपाल वायुसेवा निगमले पुराना तीन वटा टुवीअटर विमान विस्थापित गरी नयाँ चार विमान खरिद गर्नको लागि दुई विकल्प अगाडि सारेको छ।

पहिलो विकल्प विगतमा जुन कम्पनीबाट खरिद गरेर ल्याएको विमान हो उसैलाई फिर्ता दिने र नयाँ ल्याउने अर्काे भनेको पुराना टुवीअटरलाई लिलाम गरी नयाँ खरिद गर्ने छ। निगमका टुवीअटर विमान चार दशकभन्दा पुरानो भइसकेकाले नयाँ टुवीअटर खरिद गर्न प्रक्रिया अगाडि बढाएको हो।

‘हामीले छलफल गरिरहेका छौं, पहिलो चरणमा भने हामीले खरिद गरेर ल्याएको क्यानडाको भ्याकिङ कम्पनीलाई नै पुराना दिएर नयाँ ल्याउने छौं।’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यदी त्यसो भएन भने लिलाम प्रक्रियाबाट पुराना टुवीअटर विस्थापित गरी नयाँ ल्याउने योजना रहेको छ।’

टुवीअटर कम्पनीसँगको कुराकानीमा हाम्रो पुरानो विमान लिएर नयाँ ल्याउने अनौपचारिक कुराकानी भएको छ। यदी यसो भएन भने अर्काे विकल्पमा नै निगमले नयाँ टुवीअटर ल्याउनेछ प्रबन्ध निर्देशक कंसकारले बताउनुभयो।

हाल निगमसँग भएको टुवीअटर पुरानो भएपछि नयाँ खरिदको प्रक्रिया थालिएको निगमले जनाएको छ। निगमसँग ४० वर्षभन्दा पुराना तीनवटा टुवीअटर रहेका छन्।

निगमले केही वर्षमा नै पुराना टुवीअटर विस्थापित गरी नयाँ ४ वटा टुवीअटर किन्नको लागि प्रक्रिया थालेको छ। जसको लागिक्यानडाको भ्याकिङ कम्पनीसँग प्रक्रिया अगाडि बढाएको प्रबन्ध निर्देशक कंसाकारले जानकारी दिनुभयो।

तत्काललाई चार विमान निर्माणको अर्डर गर्न योजना रहेको छ। कम्पनीसँग निगमले प्रारम्भिक छलफल गरिसकेको छ। विमान किन्नको लागि निगमलाई चाहिँने करिब ३ अर्ब रुपियाँ सहुलियतमा ब्याजदरमा रकमको जोहो गरिरहेको छ। विमान खरिद गरेर निगमले आन्तरिक उडानमा आफ्नो उपस्थिति बलियो बनाउने योजना रहेको।

हाल निगमले आन्तरिक उडानमा कुल बजारको करिब ५ प्रतिशत मात्रै बजार समेट्न सकेको छ। नाफामुखीभन्दा सेवामुखी बन्नुपर्ने निगमको दायित्वको कारण निगमले आन्तरिक उडानबाट नाफा कमाउन नसकेको प्रबन्धक निर्देशक कंसाकारको भनाइ छ।

हाल निगमसँग चार दशक पुरानासहित तीन टुवीअटर विमान रहेका छन्। दुई विमानले उडान भरिरहेको छ भने १ विमान ग्राउन्डेड अवस्थामा रहेको छ।

निगमले १७ सिट क्षमतका ४ थान वाई–१२ ई र २ थान ५६ सिट क्षमताको एमए–६० विमान रहेको छ। चीन सरकारको अनुदान र खरिदमा प्राप्त विमान विगत केही वर्षदेखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ विमान निगमले ल्याएको थियो। सन् २०१४ मा चीन सरकारले एक एमए–६० र एक वटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो भने बाँकी खरिद गरेको थियो। एमए –६० जहाजले तराई बेल्टमा र वाई १२ ई विमानले पहाडी क्षेत्रमा उडान भरिरहेको छ।

नेपाल एयरलाइसले हाल आन्तरिक उडान, अन्तर्राष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डलिङको काम गरिरहेको छ। नेपालमा विदेशी एयरलाइन्सको बजार ९० प्रतिशत रहँदा निगमको बजार १० प्रतिशतमा सीमित भएको छ। अहिलेको बजारमा हामीले तीनवटा विमानमार्फत् अन्तर्राष्ट्रियतर्फका ८ गन्तव्यमा उडान भर्दै आएका छौं। तिनमा हङकङ, बैंकक, दिल्ली, दुबई, क्वालालम्पुर, दोहा, बैङलोर र मुम्बई रहेका छन्। निगमले २८ वर्षदेखि कुनै विमान खरिद गर्न नसक्दा विदेशी विमान कम्पनीले निरन्तर कमाई मात्र रहे तर निगम भनेपछि परेको कंसकारको भनाइ छ। तर, पनि अन्य कम्पनीसँग प्रतिस्पर्धा गरेर निगमले नाफा आर्जन गरिरहेका छ।

निगमले तीव्र गतिमा व्यवस्थापकीय पक्ष सुधार गरी कम्प्युटर प्रणालीमा रूपान्तरण गर्दै अनलाइन बुकिङलाई प्रभावकारी बनाएका लागि परेको छ।
आगामी जुलाईसम्ममा दुई वाइड वडी विमान आयात गर्ने निगमको योजना रहेको छ। यी विमान आएसँगै ३ वटा गन्तव्यमा उडान थप निगमले गर्ने छ। निगमले सिधा उडान साउदी अरेबियाको रियाद, जापानको ओसाका, दक्षिण कोरियाको सोलमा नयाँ गन्तव्य थप गर्ने छ। यसको लागि प्रमोसनको कम्ति नै ठाउँमा भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्