पार्वती देशकै कान्छी सांसद



दैलेख, (नेस)
प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद हुनुभएको छ। नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्नुभएकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ।संसद् सचिवालयको अभिलेखअनुसार संघिय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बन्नुभएको हो।

उहाँ दैलेखको नारायण नगरपालिका–१ निवासी हुनुहुन्छ। एसएलसी उत्तीर्ण गरेलगत्तै बालविकास केन्द्रको सहयोगी कार्यकर्ताबाट शुरुआत गर्नुभएको १५ वर्षको समाजसेवापछि पहिलोपटक जनप्रतिनिधिको भूमिकामा प्रतिनिधित्व गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्