थ्रीस्टारलाई तिलोत्तमा गोल्डकप उपाधि



बुटवल । २० औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको उपाधि थ्रिस्टर क्लव काठमाण्डौले जितेको छ । एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाईनल खेलमा बिभागिय टिम नेपाल पुलिस लाई सुन्यका बिरुद्ध २ गोल गदै थ्रिस्टारले उपाधि हात पारेको हो ।

थ्रिस्टारले एक गोल उपहार पायो भने एक गोल खेलको ७९ औं मिनेटमा टिम क्याप्टेन निराजन खड्काले गरे । थ्रि स्टारका सुनिल बलमे लेफट कर्नरबाट दिएको बललाई टिमक्याप्टेन खड्काले सजिलै गोलमा परिणत गरेका थिए ।त्यस अघि खेलको ६५ औं मिनेटमा पुलिसका टिम क्याप्टने रविन श्रेष्ठको पोष्टमा बललाई रोक्न खोज्दा आत्मघाती गोल गरेका थिए ।

थ्रिस्टारका बिमल घर्तिमगरको क्रस बलालाई श्रेष्ठवले रोक्न खोज्दा थ्रिस्टारका मार्टीनले प्रेसर दिदा आत्मघाती गोल हुन पुगेको थियो । नेपाल पुलिसको कमजोर डिफेन्सको फाईदा उठाउदै थ्रिस्टारले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले अनुभवी खेलाडिले उत्कृष्ट प्रर्दशन गर्दा खेल आफ्नो पक्षमा गएको उनले प्रतिक्रिया दिए ।  यता विधागत पुरस्कार तर्फ पनि थ्रिस्टार हावी भयो । थ्रिस्टारका एलन न्यौपाने उत्कृष्ट गोलरक्षक, टिम क्याप्टेन रिाजन खड्का सर्वोउत्कृष्ट खेलाडि, टिम कोच मघराज केसी उत्केष्ट कोच घोषित भए ।

सर्वोउत्कृष्ट खेलाडि घोषित थ्रिस्टारका टिम क्याप्टेन निराजन खड्काले स्कुटर हात पारे । त्यस्तै उत्कृष्ट मिठ फिल्डरमा नेपाल पुलिसका भोला सिलवाल, उकृष्ट स्पाईकर पुलिसकै रेजिन सुव्वा र रुपन्देही ११ पुर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले नगद २१ ह्जार प्राप्त गरे । प्रतियोगिताको उपाधि जितेको थ्रिस्टारले नगद सात लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्यो ।

उपबिजेता बनेको नेपाल पुलिसले चार लाख ४४ हाजर ४ सय ४४ रुपैयामा चित्त बुझायो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त पुरस्कार बितरण गरेका थिए ।  जिल्ला फुटवल संघको अयोजनामा फागुन २४ गते बाट प्रतियोगिता सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्