टिनको ट्यालेन्ट



ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगीता मिस टिन ग्ल्याम २०१८ का प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित ट्यालेन्ट राउन्डमा उनीहरूले गायन, नृत्य, व्यक्तित्व कलालगायतको प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगितामा करुणा श्रेष्ठ, रविनासिंह ठकुरी, ज्ञानु लामा, रश्मी अधिकारी, अनिशा शाही, अलिसा खड्का, युविका राई, श्रेया खड्का, जेसिका ताम्राकार, रोजीना राई, दीपिका श्रेष्ठ, सम्झना चौधरी, रितिशा खड्गी, रितिका योङहाङ लिम्बू, रजनी बम्जनले प्रतिस्पर्धा गर्दै छन्।

ट्यालेन्ट सोको निर्णायकमा कलाकारहरू ज्योति काप्mले, आदित्य बुढाथोकी, गायिका रीता केसी, नीतु कोइराला, गत वर्षको टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइँटेल ‘बोके दाह्री’ र गायक सीमान्त सन्तोष रहेका थिए। आश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगीतामा प्रतियोगीले विभिन्न उपहार र अवसर पुरस्कारका रूपमा पाउने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्