डान्स प्लसका विजेता भिडियोमा



भारतीय टेलिभिजन च्यानल स्टार प्लसमा सञ्चालित डान्स रियालिटी सो डान्स प्लसको सेकेन्ड रनर्सअप डान्स ग्रुप वाइल्ड रिपर्स र सारा सिर्पालीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिको छ।

तिमी हास्दा डिम्पल पर्छ बोलको यो रोमान्टिक गीतमा राम बज्यू तामाङको स्वर रहेको छ। सार्बजनिक भएको गीतमा दिपक भट्टराई ‘निश्चल’ को शब्द रचना र हरि लम्सालको संगीत रहेको छ। भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन तथा अर्जुन अधिकारीको निर्देशन रहेको छ। गीत बुढासुब्बा म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको हो।

प्रतिक्रिया दिनुहोस्