तलमाथि भए रिसानी माफ होला



छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले भन्ने उखान अहिले सर्वोच्च अदालततिर देखिन्छ। राजनीतिक खिचातानीको मारमा परेर एकले अर्कालाई सिध्याउने खेलमा सक्रिय सर्वोच्चका न्यायाधीशहरूले आफैलाई स्वघोषित गर्न थालेको देखेर धरहरा तीनछक परेको छ। न्यायपरिषद्का एक कर्मचारीले कसैको उत्साहटमा लागेर प्रधानन्यायाधीश गोपाल पराजुली श्रीमान् जागिर चट बनाएपछि वरिष्ठताको आधारमा कामु प्रधानन्यायाधीश भएका दीपक श्रीमान्ले आफ्नो टेबल अगाडि प्रधानन्यायाधीको नाम झुन्ड्याएर आफ्नै इज्जत लिने काम गरेका छन्।

हैन ती श्रीमान्को त्यो पदवी त अब कसैले पनि हरण गर्दैन थियो होला। कति हतार भएर श्रीमान्ले कामुलाई जादुगरी मन्त्रले गायब बनाएर प्रधानन्यायाधीशको नाम राख्न भ्याएछन्। मुहानमै बेथिति भएपछि दीपक श्रीमान्ले गरेको त्यो चर्तिकलालाई धरहराले त्यति ठूलो इस्यु त बनाएको छैन। तर श्रीमान्जस्तो मान्छेलाई पदप्रतिको लोभ देखेपछि भने श्रीमान्को जय होस् भन्न थालेको छ है⁄ पाठकवृन्द केही तलमाथि भए रिसानी माफ होला?

प्रतिक्रिया दिनुहोस्