सर्प खेलाउनेलाई सर्पले नै मार्यो



क्वालालम्पुर, (एजेन्सी)
सर्पलाई नियन्त्रणमा राख्न निकै सिपालु भएको कारण निकै चर्चा कमाएका एकजना मलेसियालीको गोमनको टोकाइबाट मृत्यु भएको शुक्रबार प्रहरीले जनाएको छ। पेसाले अग्निनियन्त्रक अबु जरिन हुसिनलाई थाई पुरुषको संज्ञा दिँदै उनले पाल्तु सर्पसँग विवाह गरेको भनी एउटा बेलायती ट्याब्लोइडले खबर छापेपछि उनी चर्चित भएका थिए।

हुसिनले अन्य अग्निनियन्त्रकहरूलाई पनि कसरी सर्पलाई वशमा राख्ने भन्नेबारे सिकाउने गरेका थिए। सर्प समाउने क्रममा गोमनले डसेपछि सोमबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

स्थानीय अखबार दि स्टारले पाहांग राज्यमा बस्ने ३३ वर्षीय हुसिनले अन्य अग्निनियन्त्रकलाई विभिन्न प्रजातिका सर्प पहिचान गर्ने र नमारीकन सर्प समाउने तरिकाहरू सिकाउने गरेको जनाएको छ।

एसियाज गट ट्यालेन्ट नामक एउटा टेलिभिजन कार्यक्रममा भाग लिएका उनले एउटा विषालु सर्पलाई चुम्बन गर्ने खतरनाक काम गरेका थिए। सन् २०१६ मा थाई सञ्चार माध्यमले पूर्वजन्ममा आफ्नी प्रेमिका भएको ठान्दै हुसिनले एउटा सर्पसँग विवाह गरेको खबर छापेको थियो।

पछि थुप्रै बेलायती अखबारले उनलाई थाई बताउँदै सो अखबार छापेको थियो।

प्रतिक्रिया दिनुहोस्