पुटिनलाई आरोप



मस्को, (एजेन्सी)
बेलायतका विदेशमन्त्री बोरिस जोहन्सनले शुक्रबार रुसी पूर्वगुप्तचर र उनकी पुत्रीमाथि भएको नर्भ एजेन्ट आक्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै हात हुनुपर्ने सम्भावना धेरै रहेको बताएका छन्। उनले बेलायतको झगडा पुटिनको क्रेमलिनसँग भएको र उनकै निर्णयमा बेलायतको स्यालिस्वरीमा यो घटना घटेको बताएका छन्। रसियाले यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको र पुटिनलाई आरोप लगाउने काम अक्षम्य र ह्दयविदारक भएको बताएको छ। पूर्वगुप्तचर ६६ वर्षीय सर्गेइ स्क्रिपल र उनकी ३३ वर्षीया पुत्री युलिया स्क्रिपलको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्