एनडीएमा फुट



नयाँदिल्ली, (एजेन्सी)
भारतको एनडीए गठबन्धन सरकारबाट एउटा घटक तेलुगु देशम बाहिरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग असन्तुष्ट रहेका टीडीपीले गठबन्धन छोडेको घोषणा गरेको छ। यसअघि गत हप्ता टीडीपीको कोटामा रहेका दुई केन्द्रीय मन्त्रीले सरकारबाट राजीनामा दिएका थिए। राजीनामा दिनेमा गजपति राजु केन्द्रीय नागरिक उड्डयन मन्त्री र वाई एस चौधरी विज्ञान प्राविधिक राज्य मन्त्री थिए। टीडीपी केन्द्र सरकारबाट आन्ध्र प्रदेशका लागि विशेष दर्जा चाहेका थिए, तर केन्द्रले त्यसलाई अस्वीकार गरेको थियो। अर्को वर्ष लोकसभाको चुनावमा यस विभाजनले आन्ध्र प्रदेशमा केही प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्