उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित



काठमाडौं । उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । उनीसँग कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तुम्बाहाम्फे २०१ मत ल्याएर विजयी भएकी हुन । उनको विपक्षमा ५८ मत खसेको सहकर्की गंगा बरालले जानकारी दिएका छन ।

त्यसअघि भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । तुम्बाहाम्फेको प्रस्तावक देवप्रसाद गुरुङ र समर्थक रवीन्द्र अधिकारी थिए । त्यस्तै, भुसालको प्रस्तावकमा डिला संग्रौला पन्त र समर्थक देवेन्द्र राज कँडेल थिए ।

प्रतिक्रिया दिनुहोस्