एनसीसी बैंक दुई अर्ब रुपैयाँ घोटाला प्रकरण: काे-काे पक्राउ परे हेर्नुहोस् नामावली



नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा बैठक चलिरहेकै बेला सिआईबीको केन्द्रिय अनुसन्धान ब्यूरोले छापा मारेको छ ।

सीआईबी स्रोतका अनुसार यस बैंकका १३ जना जना पदाधिकारीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । एपेक्स, इन्फास्ट्रक्टर, सुप्रिय र इन्टनरनेशनल डेभेलप्मेन्ट बैठक मर्ज भएर एउटै बैंक एनसीसी बैंक बनेको थियो । पक्राउ परेका सबैलाई महाराजगंजस्थित सिआईबीको कार्यालयमा राखिएको छ ।

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

नाम थर पद
-विष्णु प्रसाद धिताल      तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
-ईच्छा बहादुर गुरुङ      तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
-सुवर्ण राज भण्डारी,     तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
-मधुवन लाल श्रेष्ठ         तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
-ऋषी राज भट्ट             तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
-दुर्गा दत्त जोशी,           तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
-रामचन्द्र बसौला          तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
-बिकास श्रेष्ठ                तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
-सागर न्पायाैने             तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
-मान ब। राउत             तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
-विनित मणि उपाध्याय   तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
-मोहन खरेल                तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
-सुदिप थापा                 तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

प्रतिक्रिया दिनुहोस्