प्रदिप ज्ञवाली परराष्ट्र र रविन्द्र अधिकारी पर्यटन मन्त्री छनोट



काठमाडौं । नेकपा एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र र रविन्द्र अधिकारी पर्यटन मन्त्रीमा छनोट हुनुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाउनु भएको एमाले स्रोतले जानकारी दिएको छ ।

ओलीले एमाले सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रघुवीर महासेठलाई भौतिक पुर्वाधारमन्त्री दिनुहुने भएको छ । उता जगत विश्वकर्मालाई युवा तथा खेलकुद, शेरबहादुर तामाङलाई कानुन मन्त्रालय दिइनेछ ।

एमाले सांसद गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मा लगाइएको छ भने लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पण्डितलाई यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्