मन्त्रिपरिषद बिस्तार: कानुनमन्त्रीमा पूर्वसभामुख नेम्वाङकाे चर्चा



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार सम्हालेको ३० दिनपछि आज मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्।

दालिय भागवण्डा नमिलेको मधेसवादी दललाई सरकारमा सामेल गराउने गृहकार्यमा लाग्दा सरकार बिस्तारमा ढिलाई भएको एमाले स्रोतको भनाई छ । आज गरिने मन्त्रिपरिषद विस्तारमा नेकपा एमाले, माओवादी र संघीय फोरमबाट मन्त्री थपिदैछन् ।

यसै गरी सबै मन्त्रालयको टुंगो नलागे पनि कानुनमन्त्रीमा एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङको नाम अगाडी रहेको स्रातले बतायो । यसै गरी प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ।

यस्तै माओवादीबाट बिना मगर, प्रदेश २ गिरिराजमणि पोखरेल, प्रदेश ५ वर्षमान पुन, प्रदेश ६ जर्नादन शर्मा र शक्ति बस्नेतको सम्भावना छ ।

फोरमले भने नामको टुंगो लगाएको छैन । थपिने मन्त्रीहरुका लागि आजै ४ बजेका लागि सपथ ग्रहणको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्