एनसीसी बैंकको बोर्ड बैठकमै सीआईबीको छापा, करिब ३ दर्जन पक्राउ



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।
सीआईबी स्रोतका अनुसार प्रहरीले ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ ।

आज बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो । बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको बताइएको छ । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले नेपाल समाचारपत्रलाई बताए । सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले समाचारपत्रलाइ दिएकाे जानकारी अनुसार करिब २ अर्ब रुपैयाँ घोटाला प्रकरणको गम्भीर तरीकाले अनुसन्धान भईरहेको छ । पक्राउ परेकाहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्