आत्मघाती आक्रमण



लाहोर, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको घरनजिकै तालिवानको आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना प्रहरी पनि परेका छन्। चेक पोस्टनजिक भएको उक्त आक्रमणमा एक किशोरले आफूलाई विस्फोट गराएका थिए। उक्त घटनास्थल सरिफ परिवारको आवासबाट केही किलोमिटरको दूरीमा पर्ने बताइएको छ।

घटनामा २५ जना घाइते भएका छन् जसमा १४ प्रहरी रहेको अधिकारीहरूले बताए। घाइतेमध्ये ४ को स्थिति गम्भीर रहेको बताइएको छ। घाइतेहरूको सरिफ मेडिकल कम्प्लेक्स र नजिकको अन्य अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्