सेञ्चुरी बैंकको सीईओमा गौतम



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तुलसीराम गौतमू नियुक्त हुनु भएको छ। बैंकले वैशाख १९ गतेदेखि लागू गरी गौतमलाई नियुक्त गरेको हो। गौतमसँग बुधबार सम्झौता भएको छ।

गौतमले नेपाल बैंकबाट बैंकिङ सेवा शुरू गरी १३ वर्ष, नेपाल इन्डोस्वेज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा १० वर्ष विभिन्न पदमा काम गर्नुका साथै माछापुच्छ«े बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा ४ वर्ष पूरा गर्नु भएको अनुभव छ।

गौतमले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ र वित्त विषयमा स्नातकोत्तर गर्नु भएको छ। बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्