पूर्व फुटबलरको कार्यक्रम हुने



नेपाल समाचारपत्र
काठमाडौं
पूर्व फुटबलरको संस्था फुटबलर्स मिसन टुगेडरले पूर्व फुटबलरहरुलाई भेला गराइ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आयोजक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले बैशाख अन्तिम साता कार्यक्रम आयोजन गरिने जानकारी गराए ।

कार्यक्रम आयोजना गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । पूर्व फुटबलहरुको अवस्थाका बारे जानकारी लिने, पाका खेलाडीको रेखदेख गर्ने, स्व. पूर्व फुटबलर खेलाडीका परिवारका बारे जानकारी लिनेलगायत उद्देश्यले संस्था स्थापना गरिएको अध्यक्ष श्रेष्ठ बताए ।

उनले संस्था स्थापनको उद्देश्य राजनीतिक र अधिकार खोज्न नभइ संस्थाको तर्फबाट पूर्व फुटबल खेलाडीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्