हिट हुने संभावना



प्रधानन्यायधिस पदमा अझै रहने रहर गरेका पराजुली अन्ततः निलम्बित भए । ‘नियमित काममै हुन्छु एकतर्फी निलम्बन गरेर हुन्छु’ भनेर बताएका उनले विहीवार खुसुक्क राष्ट्रपतिलाई राजीनामा बुझाएछन् । न्याय परिषद्का अनुसार उनको पदावधि गत साउनमै सकिएको रे ।

अंग्रेजीमा एउटा भनाइ छ– ‘रिर्टायड वट नट टायर्ड’ अर्थात् अवकासपछि पनि उत्रिकै सक्रिय । यस्तै कुराले प्रभावित भएर हो कि क्या हो, उनी नियमित रुपमा अदालत धाए । अवकास पाइसकेको भनिएको अवधिमा उनले गरेका फैसला र आदेशबाट कम्तिमा ८६ अर्ब ७० करोड रुपैयाँ बराबरको कर तथा अन्य रकम प्रभावित भएको बताइएको छ ।

उनले करिब ६१ अर्ब रुपैयाँ बराबरको कर रकम छुट दिनेगरी आदेश गरेका छन् । राष्ट्र बैंक तथा बित्तिय संस्थाले रोकेको २५ अर्ब रुपैयाँ उनैले फुकुवा गरेका छन् । जे होस, उनले स्मरणीय इतिहास रचे । पराजुली रिटायर्ड भए पनि उनी फेरी हिट हुने उच्च संभावना धरहराले देख्या छ ।
विगतमा सरकारी सेवामा रहेर निकै चर्चामा रहेकाहरुले पुस्तक लेखेका उदाहरण छन् ।

त्यसैले यति धेरै चर्चित बनेका पराजुलीले पुस्तक लेखे भने लेखिने पुस्तक पक्कै पनि ‘फ्लप’ त हुन्न होला । प्रकाशक मित्रहरु लौ है, पराजुलीलाई बेलैमा पुस्तक लेख्न अफर गरिहालौ ।

प्रतिक्रिया दिनुहोस्