एक क्लबको मूल्य १ युरो



मेड्रिड, (एजेन्सी)
स्पेनको सबैभन्दा पुरानो फुटबल क्लबको भाउ यति सस्तो छ कि यसको विश्वास गर्न पनि सकिँदैन। रिक्रिएटिभो डी हुइल्भा भन्ने स्पेनी क्लबको मूल्य मात्र १ युरो रहेको छ। डिसेम्बरमा यो क्लबले १२८औं वार्षिक समारोह गर्दै छ। तर, क्लबको ऋण बढेर ७६ लाख युरो पुगेको छ। यसको बाबजुद हुइल्भा शहरले ऋण चुक्ता गरिसकेको समाचारमा जनाएको छ।

युरोसेमोप भन्ने कम्पनीले क्लबको सबै शेयर किन्ने स्वीकार गरेको छ। तर, त्यो कम्पनीले सबै शेयर १ युरोभन्दा कम रकम दिने सर्त राखेको छ। रिक्रिएटिभोले २१ हजार ६ सय दर्शक अट्ने इस्टाडियो नुएभो कोलोम्बीनोमा हालै स्पेनको क्षेत्रीय तेस्रो श्रेणी क्लबसँग खेलेको थियो। क्लब २००६ र २००९ बीचमा ला लिगाका तीन लगातार सिजनमा क्रमशः ८औं, १६औं र २०औं स्थानमा रहेको थियो।

रिक्रिएटिभो सन् २०१५ देखि स्पेनी फुटबलको तेस्रो श्रेणीमा रहेको छ। सेगुन्डा डिभिजनमा २२ टोली सहभागी भएकोमा यो क्लब २०औं स्थानमा रहेको थियो। यसै साता रिक्रिएटिभोले पहिलो अवे खेलमा जित पनि निकालेको थियो। टोलीले एल एजिडोलाई १–० गोलअन्तरले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्