एनजीमाथि नेपालको सानदार जित



काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि सानदार जित हात पारेको छ ।

एक दिवशिय क्रिकेट मान्यता प्राप्तीका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले पिएनजीलाई ६ विकेटले हराएको हो। टस जितेर फिल्डीङ रोजेको नेपालले शान्दार बलिङ गर्दै पिएनजीलाई ११४ रनमा समेटेको थियो।

११५ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा २३ ओभरमा ४ विकेट गुमाएर विजयी भयो। नेपालका लागि अल राउन्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले। बलिङमा ४ विकेट लिएका उनले ५८ बलमा ५० रन पुरा गरेर नटआउट रहे। ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारीसमेत गरेका थिए।
यसअघि पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने सन्दिप लामिछाने र ऐरीले समान ४ ४ विकेट लिएका थिए। साथै
सोमपाल कामी र करन केसीले समान १(१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्