राष्ट्रपति समक्ष पराजुलीले बुझाए राजीनामा



नेपाल समाचारपत्र, काठमाडौं ।

न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका छन् ।

न्याय परिषद्ले अवकास पाइसकेको भन्दै पत्र काटेपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए । उनी साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै बालुवाटार पनि पुगेका थिए ।

तर, उनले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका हुन ।

प्रतिक्रिया दिनुहोस्