सन्दीपको उत्कृष्ट बलिङ, लिए चार विकेट



काठमाडौँ । विश्वकप छनोटको प्लेअपमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल अहिले जारी छ । जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत चार विकेट लिएका छन। पपुवा न्यूगिनीको छैटौँ विकेट झरेको छ। छैटौँ विकेटका रुपमा किपलिङ डोरिगा १० रनमा आउट भएका छन्।

पाँचौ विकेट सन्दीप लामिछानेले नै लिएका हुन्। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा सन्दीपले महुरु दाइलाई पाँच रनमा पवेलियन फर्काए। नेपाललाई तेस्रो विकेट पनि दिलाएका सन्दीप लामिछानेले पपुवा न्यूगिनीका सेसे बउलाई ११ रनमा आउट गरेका छन्। उनको यो व्यक्तिगत दोस्रो विकेट हो। सन्दीप लामिछानेले तेस्रो विकेट लिने क्रममा चाद सोपेरलाई १० रनमा आउट गरेका थिए।

उनको विकेट माथिको विकेटले आजको खेल उत्कृष्ट मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्