पपुवा न्यूगिनीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो



काठमाडौँ ।
विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यूगिनीविरुद्ध (पीएनजी)सँगको खेल सुरु भएको छ । दिउँसो एक बजे जिम्बाबेको हरारेमा सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।आजको खेल एक दिवसिय मान्यताको लागि दुवै टिमलाई जित्नै पर्ने दवाव सिर्जना भएको छ । यदि नेपालले यो खेल हारेको खण्डमा डिभिजन टू मा झर्नेछ ।

नेपाल र पीएनजी क्रस प्लेअफमा सातौं स्थानका लागि दिउँसो सवा एक बजे हरारेमा खेल्दैछन् र दुवैको एकदिवसीय मान्यता पाउने सम्भावना आजै टुंग्गो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्