प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक महोत्सव



विमल विष्ट , डोटी ।

७ नम्बर प्रदेशको पहाडी जिल्लाको सबै भन्दा पुरानो डोटी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा लगाएतका सर्वाङ्गिण बिकासका लागि यहि चैत्र ४ गतेदेखि ११ गते सम्म धार्मिक महायज्ञ सञ्चालन हुने भएको छ । अहिलेको समयमा प्राबिधिक शिक्षा धेरैको रोजाई र आवश्यक रहेकाले बि.एस.ए.जि पठन पाठनका लागि धार्मिक महोत्सव तथा महायज्ञ सञ्चालन गर्न लागिएको डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले बताउनु भयो ।

बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा लगाएत सर्वाङ्गिण बिकासका लागि डोटीको प्रशिद्ध मन्दिर शैलेश्वरीमा उक्त धार्मिक महोत्सबको आयोजना गर्न लागिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताउनु भयो । पछिल्लो समय समाजमा मुल्य , मान्यता नैतिक हृास हुदै गएकाले यसको संरक्षणका लागि यस्ता धार्मिक ज्ञान महायज्ञ आवश्वक रहेको उहाँले बताउनु भयो ।

उक्त महायज्ञमा प्रमुख प्रबचनका लागि बिदुषि यसोदा देवि कौडिन्य रहनु हुने आयोजकले जनाएको छ । साथै उक्त धार्मिक महायत्रमा एक हजार ८ स्वामि लक्ष्मी देश राज आश्चार्य समेत आउनु हुने छ । उक्त महायज्ञमा अर्ध शिव र अर्ध पार्वतिको मुर्ति भएको अर्धनग्नको दुइ हजार २ सय मुर्ति समेत राखिने आयोजकले जनाएको छ ।

शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको लागि १७ वटा उपसमिति गठन गरीएको क्याम्पस प्रमुख कठायतले बताउनु भयो । बिहिबार देखि सरसफाइ,बजार सजाउने ,गेट बनाउने लगाएतका काम गरीने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्