राजीनामा नदिइने



पोर्ट लुइस, (एजेन्सी)
अफ्रिकाका एक मात्र महिला राष्ट्राध्यक्ष अर्थात् मौरिससका राष्ट्रपति अमिनाह गुरिव फाकिमले राष्ट्रिय ढुकुटी दुरूपयोग गरी निजी खर्च गरेको अभियोगमा पदबाट राजीनामा दिन बुधबार अस्वीकार गरेकी छिन्। केही दिन अघिमात्र उनले राजीनामा दिने घोषणा गरेकी थिइन्। गुरिव फाकिमले एउटा च्यारिटी बैंक कार्ड प्रयोग गरी दसौं हजार अमेरिकी डलर बराबरको निजी सामान खरिद गरेको अभियोग अस्वीकार गरेकी छिन्। उनको कार्यालयले गल्तीवश सो कार्ड प्रयोग भई सामान खरिद हुन पुगेको र सो खर्चको शोधभर्ना गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्