संविधान संशोधन आवश्यकता र औचित्यको आधारमाः ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पारेका छन ।

प्रधानमन्त्रीओलीलाई संसदमा विश्वासको मतदिएका प्रतिनिधिसभा सांसद, राष्ट्रिय सभा तथा प्रदेशसभाका सांसदहरुलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा धन्यवाददिने क्रममा अाज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । ‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्रीओलीले भने ‘तर देशलाई नोक्सानीहुने गरी, अखण्डतामा असर पर्ने गरी संसोधन हुँदैन । देशलाई थपमजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताएका छन । ओलीले भने ‘अप्राकृतिक,असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथलागिपर्ने बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्रीओलीले भने ‘कडा कानुनबनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा पुनः दोहोर्याए ।

प्रधानमन्त्रीओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन पनि दिएका छन । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका प्रयोग गर्न प्रधानमन्त्रीले सांसदहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्