कांग्रेसलाई इङ्गीत गर्दै ओलीले भने– ‘अब तिमी बेकामे भइसक्यौ’



काठमाडौँ । विद्यादेवी भण्डारी राष्ट्रपतिमा निवार्चीत भएको उपलक्ष्यमा बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–मधेशी गठबन्धनका सांसदहरुलाई महाभारत र रामायणको कथा सुनाउँदै अब नेपाली कांग्रेसका औचित्य सकिएको बताएका छन ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेतासहित एमाले–माओवादी केन्द्रका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरु सहभागी कार्यक्रममा ओलीले नेपाली कांग्रेसको उपादेयता सकिँदै गएको दाबी समेत गरेका हुन । उनले भने ‘जब महाभारतको युद्ध सकियो, कृष्ण र अर्जुनले महिलाहरुको सुरक्षाका लागि हस्तिनापुर लिएर जाँदै थिए। तर, बीचैमा भिल्लाहरुले आक्रमण गरे।भिल्लाहरुको आक्रमणबाट महिलाहरुलाई बचाउन अर्जुनले गान्डीब निकाले। तर, त्यसले काम गरेन। अर्जुनले सोधे, ‘मेरो गान्डीबले कामै गरेन। कृष्ण यो के भयोरु’

कृष्णले जवाफ दिए, ‘अब तिमीले बुझ्नुपर्छ, महाभारतको लडाईं सकियो, त्यो लडाईं सकिएपछि तिम्रो उपादेयतापनि सकियो, अब तिमी बेकामे भइसक्यौ।’

प्रतिक्रिया दिनुहोस्