आधुनिक विज्ञानका पिता स्टिफन हकिङ्गको निधन



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ ।

मोटर न्यरोन नामक बिरामी उनको शरीरका थुप्रै भाग चल्दैनथ्यो त्यसै कारणले उनको मृत्यु भएको बताइएको छ ।

उनी विश्वमा न्युटनपछिका ठूला बैज्ञानिक मानिन्छन् । उनलाई आधुनिक विज्ञानका पिता भनेर पनि चिनिन्छ ।

हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत रहेका उनले ब्ल्याक होल पत्ता लगाएका थिए ।

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक हो ।

हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्