आफरिन घेराबन्दीमा



इस्तानबुल, (एजेन्सी)
टर्कीको फौजले मंगलबार सिरियाको उत्तरी भागमा रहेको कुर्दिस लडाकहरूको नियन्त्रणमा रहेको आफरिन शहरलाई घेराबन्दी गरेको दाबी गरेको छ। एक सैनिक विज्ञप्तिमा फौज र एकीकृत सिरियाली लडाकूले सामरिक महत्त्वका विभिन्न स्थानहरू पनि कब्जा गरेको उल्लेख गरिएको छ। एउटा कुर्दिस सूत्रले यस शहरका सम्पूर्ण सडकहरूमा तुर्केली फौजले गोलावारी गरिरहेको पुष्टि गरेको छ। त्यहाँका सयौं सर्वसाधारण सोमबार भागेर सिरियाली सरकारको नियन्त्रणमा रहेका नजिकैका क्षेत्रहरूमा पुगेको बताइएको छ। गत २० जनवरीदेखि टर्कीले आफरिनबाट कुर्दिस लडाकू लखेट्ने अभियान थालेको हो।

प्रतिक्रिया दिनुहोस्