बिहेको २ दिनपछि नै निधन



करिब पाँच दशकसम्म हलिउडबाट हसाउँदै आएका कमेडियन सर केन डडको ९० वर्षको उमेरमा निधन भएको छ। एजेन्सीका अनुसार उनको प्रचारक रोबर्ट होम्सले सर केनले ९ मार्चमा प्रेमिका एनी जोन्ससँग विवाह गरेका थिए भने त्यसको २ दिनपछि नै ११ मार्चमा उनको निधन भएको छ। समाचारअनुसार छातीसम्बन्धी समस्याका कारण केही समयअघि इंग्ल्यान्डको लिभरपुलस्थित हार्ट एन्ड चेस्ट अस्पतालमा भर्ना भएका उनी त्यहाँ ६ हप्तासम्म उपचार गराएर घर फर्केका थिए। स्टइन्ड अप शोको लागि चर्चित उनले आफ्नो स्वास्थ्यमा समस्या भएका कारण केही दिनपछि हुन गइरहेको स्टइन्ड अप कमोडी शो रद्ध गरेका थिए।

हलिउडमा उनले द केन डड लाफर शो, केन डर्डज लाफर वल्र्ड, द केन डड शो जस्ता चर्चित टेलिभिजन कार्यक्रमबाट दर्शकलाई हसाउँदै आएका थिए। तर, अचानक उनको मृत्युको खबरले उनका फ्यानलाई दुःखी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्