भिडियोमा एलिशाको कसम



गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत कसम मन पर्योको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गीत र यसको म्युजिक भिडियोमा मायालु जोडीको कुरा गरिएको छ।

गीतमा शब्द, संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनी देखिएका छन्। गीतमा सुजनसँगै एलिशा राई छिन्। गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभूषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बुले बताए।

यो गीत एल्बम कालजयी–२ मा संग्रहित छ। यस गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एन्ड टिमले छायांकन गरेको छ। सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई सान थापाले निर्देशन गरेका छन्।

‘मैले सांगीतिक यात्राको शुरुआत २०५८ सालबाट गरेको थिएँ। त्यसको केही समयपछि कालजयी एल्बममार्फत संगीतलाई निरन्तरता दिएँ। त्यसमा समावेश गीत के सरो ब्युटीलाई दर्शक र गायक लिम्बु भन्छन्– ‘अहिले सार्वजनिक भएको गीतमा मैले लिम्बु कल्चर पनि समेटेको छु।’ निर्देशक सान थापाले गीतले प्रेमभाव व्यक्त गर्ने भएकाले यसको भिडियो पनि सोहीअनुसार तयार पारिएको बताए।

प्रतिक्रिया दिनुहोस्