बृद्धा र किशोरी बलात्कृत गर्ने दुई युवा सार्वजनिक



राम धामी, डडेल्धुरा । डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउगरी मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरि ६२ बर्षीया एकल वृद्धा र १८ बर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउगरि मुद्दा लगाएको छ ।

जिल्लाको गन्यापधुरा गाँउपालिका–२ का ३२ बर्षीय केशव लुहारले सोही ठाउँकी ६२ वर्षीय वृद्धा महिलालाई फागुन २६ गते राती १० बजे बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी चक्रराज जोशीले अभियुक्त लुहारले ८ बर्ष पहिले पतिको निधन भएकी एकल महिलाई राती सुतिरहेको अवस्थामा उनकै घरमा गएर बलात्कार गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

“अत्यान्तै क्रुर र अमानवीय ढंगबाट कुटपिट गर्दै बृद्धालाई बलात्कार गरिएको छ ।” डीएसपी जोशीले भने, “मदिरा सेवन गरेर राती एकल महिलाको घरमा गएका अभियुक्त लुहारले गाँउले नातामा बज्यै नातापर्ने बृद्धालाई बलात्कार गरेका हुन ।”

यस्तै फागुन २६ गतेनै बैतडीको पुरचौँडी नगरपालिका–२ घरभइ हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बसोबासगर्दै आएका २५ बर्षीय नरेन्द्रबहादुर कँुवरलाई पनि बलात्कारको आरोपमा पक्राउ गरि मुद्दा दर्ता गरिएको छ ।

कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको गाडीमा चढाइ दिन्छु भनि ना ७ ख १५९० नम्बरको गाडीमा राखी डडेल्धुराको जोगबुडा पुगाएर त्यँहास्थित एक होटलमा१८ बर्षीया किशोरीलाई बलात्कार गरेका थिए । मानसिक सन्तुलन गुमाएकी किशोरीको ईच्छा विपरित जवरजस्ती करणी गरेकोले अभियुक्त कुँवरलाई पक्राउ गरि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार पछि अभियुक्त लुहार फरार अबस्थामा रहेपनि प्रहरी सकृयताका कारण पक्राउ गरिएको हो । कुँवरलाई भने इलाका प्रहरी कार्यालय जोगबुडाको प्रहरी टोलीले आईतबारनै पक्राउ गरेको थियो ।

देहब्यापारमा संलग्न रहेको भन्दै सार्वजनिक मुद्दा
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले गन्यापधुरा गाउँपालिका–१ स्थित साहुखर्क रिसोर्टका सञ्चालकसहित ५ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ ।

रिसोर्टमा राती अबेर सम्म मदिरा सेवनगरी महिलासहित होहल्ला भइरहेको प्राप्त जानकारीका आधारमा चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले देहव्यापारमा संलग्न भन्दै तीन युवतीसहित एक युवा र होटल सञ्चालकलाई पक्राउ गरेको हो । देहव्यापारमा संलग्न भनिए पनि उनीहरुलाई सार्वजनिक अपराध अनुसार मुद्दा दर्ता गरि कारवाही प्रकृया अघि बढाइएको पत्रकार सम्मेलनमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

डडेल्धुरामा पछिल्लो समयमा यौन दुब्र्यबहारका घटना बढदै गएका छन भने केहि होटलहरुमा देह व्यापार हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्