आगलागि पीडितलाई नगरपालिका र रेडक्रसको राहत



धनवीर दाहाल, रुकुम । पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा भएको आगलागि पीडित परिवारलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ ।

शनिबार आगलागि भएको प्रकाश बुढाथोकी र उनका दुई भाइको परिवारलाई नगरपालिकाले राहात स्वरुप २० हजारको चेक उपलब्ध बनाएको हो । नगर प्रमुख बिशाल शर्माले पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरे ।

नगर प्रमुख शर्माले आगलागि पिडितप्रति सहानुभूति ब्यक्त गर्दै थप सहयोगको लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन समेत दिए । त्यस्तै रेडक्रस उपशाखा चौरजहारीले त्रिपाल र कम्मल ३/३ वटा सहित भाँडा र लगाउने कपडा समेत राहत रुपमा प्रदान गरे ।

रेडक्रस उपशाखा चौरजहारीका सभापति तेजबहादुर बटालाले राहत सामाग्री पीडितलाई उपलब्ध गराएका हुन । आगलागिमा घर, गोठ, बाख्रा, लत्ताकपडा, अन्नपात र नगद गरेर १३ लाख बढीको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्