चरेश कारोबार गर्ने विजय घर्ती र सुमन रोक्का पक्राउ (घटनाको विवरण सहित)



काठमाडाैं । लागू पदार्थ चरेश कारोबार गर्ने विजय घर्ती र सुमन रोक्कालाई प्रहरीले पक्राउ गरेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तो छ घटनाको विवरण :-
प्रहरी कारवाही :-
• भारतवाट रक्सोल तथा अन्य नाकाहरुवाट काठमाडौ जिल्लामा विभिन्न प्रकारका लागू पदार्थहरु भित्रिने र सो लागू पदार्थ होटल तथा रेष्टुरेन्टहरुमा वसि सेवन गर्ने र वेच विखन समेत गर्ने भन्ने सुचना यस परिसर काठमाडौमा प्राप्त भए पश्चात  परिसर मातहत वृत्त प्रभागहरुलाई समय समयमा होटल तथा रेष्टुरेन्टहरुमा लगायत शंकास्पद स्थानहरुमा चेकजाँच गर्न जानकारी गराए पश्चात मनप्र वृत्त दरवारमार्गवाट विशेष सुचनाको आधारमा का.जि.का.म.न.पा लाजिम्पाट स्थित द-ईम्पिरियल क्याफेमा चेकजाँच गर्ने क्रममा निम्न व्यक्तिवाट निम्न परिमाणको लागू पदार्थ चरेश वरामद भएको ।

वरामद चरेश
• जिल्ला रोल्पा तालावाङ-५ घर भई हाल नवलपरासी गैडाकोट वस्ने ३२ को विजय घर्ति मगर
• जिल्ला म्यादी बाबियाचौर -४ घर भई हाल जि. कास्की नदिपुर वस्ने वर्ष ३० को सुमन रोक्का मगर

प्रतिक्रिया दिनुहोस्