यौन उत्पीडनको मुद्दा लड्न सम्पत्ति बेचे हार्वेले



केही समयअघि एन्जेलिना जोलीदेखि लिएर सल्मा हायकसम्मका हलिउड सेलिब्रेटीले हलिउड निर्माता हार्वे विन्सिटनविरुद्ध यौन उत्पीडनको आरोप लगाएका छन्। उनीमाथि यो मामिलामा ९० भन्दा बढी मुद्दा दायर भइसकेका छन्।

हलिउडमा करिब ८१ भन्दा बढी फिल्मका लागि ओस्कार एकेडेमी अवार्ड जितिसकेका उनी यति बेला मुद्दाकै कारण आफ्नो सम्पत्ति बेच्न मजबुर भएका छन्। एजेन्सीका अनुसार उनीविरुद्ध यति धेरै मुद्दा छन् कि ती मुद्दा लड्नका लागि उनीसँग पैसाको अभाव भएको छ। त्यसैले उनले १.६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति बेचेका छन्। उनले आफ्नो सम्पत्ति छिमेकी एन्ड्रयु बेट्लीलाई बेचेका हुन्।

प्रतिक्रिया दिनुहोस्