गाउँपालिका अध्यक्षको गाडी मुनी प्रेसर कुकर बम, जेसीवीमा पनि आगाजनी



पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनी खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मानगरपालिका १ पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनी प्रेसरकुकर बम भेटिएको हो ।

कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको गए राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजानी भएको छ । करिव १ करोड मुल्य बराबरको डोजरमा अज्ञात समुहले आगजानी गरेको प्रहरीले जनाएको छ । यता काठमाण्डौमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफुलाई कोही कसैले पनि घटनाबारे जानकारी नगराएको बताए ।

अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्