तलब नपाएको भन्दै शिक्षकहरु बसे धर्नामा



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले बिगत चार महिना देखिको तलब नपाएको भन्दै शिक्षकहरुले धर्ना दिएका छन्।

उनीहरुले वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका हुन्। वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकाको शिक्षकहरुले तलब नपाएको भन्दै उनीहरुले बिरोध गरेका हुन्। दोस्रो चौमासिक निकासा मार्फत पाउनुपर्ने तलब नपाएको शिक्षकहरुको भनाइ छ।

तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको उनीहरुले बताएका थिए।

विभिन्न दवावमुलक कार्यक्रहरु गर्दा पनि स्थानीय तहले शिक्षकहरुको समस्यालाई गम्भीर रुपमा नलिएकोले आन्दोलनमा उत्रनुपरेको उनीहरुको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए।

वीरगन्ज महानगरपालिकाबाट तलब निकासा नभएसम्म आन्दोलन जारी रहने पनि बताएका छन्। शिक्षकहरुको समस्याप्रति सरकार गम्भीर नभएका कारण धर्नामा उत्रनु परेको अध्यक्ष यादवको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्