भक्तपुरमा पर्यटकलाई आकस्मिक स्वास्थोपचारको व्यवस्था



नेपाल समाचारपत्र, भक्ततपुर ।

भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतबार सझौता भएको छ ।

आइवारदेखि नै लागू हुने अस्पताल र पर्यटन विकास समितिबीच सम्झौता भएको हो । रफत सञ्चार क्बलमा पत्रकार सम्मेलन गरी पर्यटन विकास समिति र अस्पतालबीच सम्झौता भएको जानकारी गराइएको छ । सम्झौता पश्चात अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले अस्पतालले पर्यटकलाई आकस्मीक सेवा प्रदान गर्नका लागि अस्पताल र विकास समितिबीच सम्झौता भएको बताउनुभयो ।

अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारण देखि अन्य रोगको उपचार हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मीक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताउनुभयो । उहाँले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो ।

झन्डै बार्षिक ३ लाख पर्यटकले भ्रमण गर्ने भक्तपुरमा पर्यटकका लागि आकस्मिक उपचारको ब्यवस्था तर्फ कसैको ध्यान जान नसकेका बेला यस्तो सेवाको सूरुवात गरिएको जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्