चौध लडाकू मारिए



काबुल, (एजेन्सी)
अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको सैनिक कारबाहीमा कम्तीमा १४ जना तालिवान लडाकू मारिएको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ। यस कारबाहीको क्रममा अन्य १२ जना लडाकू घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले एक वक्तव्यमार्फत जानकारी दिएको छ। हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले हेल्मड प्रान्तको नाहरी सार्राज र छिमेकी ग्रेस्क जिल्ला शुक्रबार सुरक्षा कारबाही गरेको थियो। केही समययता तालिवानको बढ्दो सरकारी पक्ष लक्षित आक्रमणलाई लिएर सरकारी फौजले पनि कडा जवाफ दिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्