सातवटै प्रदेशलाई अप्टिकल फाइवरले जाडिने



दीपेन्द्र थापा, काठमाडौं

सातवटै प्रदेशलाई सञ्चारले जोड्नका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइवर सञ्जाल विस्तारको काम थालेको छ। अप्टिकल ब्याकबोन नेटवर्क परियोजना नामण दिइएको आयोजनाले सूचना प्रविधि संरचना तयार गरी सूचना तथा सञ्चारको आधार तयार हुनेछ।

‘हामीले कम्पनी छनोट गरेर काम अगाडि बढाएका छौं।’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो–‘सूूचनामार्गको विस्तारको लागि भने मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर सञ्जाल विस्तार गर्दै सातै प्रदेशमा पुर्याइने छ।’

प्राधिकरणले तीन चरणमा परियोजनालाई विभाजन गरी तीन वटा सेवाप्रदायक कम्पनीलाई छनोट गरेको छ। पहिलोमा प्रदेश नम्बर १, २ र ३ मा अप्टिकल फाइबर विस्तारको लागि नेपाल टेलिकमलाई छनोट भएको छ। प्रदेश नम्बर ४ र ५ को लागि भने युनाइटेड टेलिकम छनोट भएको छ। यस्तै ६ र ७ नम्वर प्रदेशको लागि स्मार्ट टेलिकम छनोट भएको छ।

४ अर्ब ८७ करोड रुपियाँको लागतमा १,२,३ नम्बर प्रदेशमा सूचनामार्ग विस्तारको काम भइरहेको नेपाल नेपाल टेलिकमका सहप्रवतmा शोभन अधिकारीले जानकारी दिनुभयो। सर्वेको काम सकेर केही कामको टेन्डर भएको छ भने केहीको टेन्डर क्रने क्रममा रहेको अधिकारीले जनकारी दिनुभयो।

सो परियोजना विस्तारको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ असोजमा सम्झौता भएको थियो। परियोजना दुई वर्षमा सम्पन्न गर्न लक्ष्य राखिएको भए पनि केही ढिलो भएको प्राधिरणका प्रवक्ता अर्यालले बताउनुभयो।

सम्बन्धित निकायलाई विस्तारको काम चाँडो गर्नको लागि पहल भइरहेको उहाँले बताउनुभयो। टेलिकमले मध्य पहाडी लोकमार्गको पूर्वी खण्ड पाँचथरको चियो भन्ज्याङदेखि धादिङको आरुघाट तथा प्रदेश नम्बर १ देखि ३ का राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर सञ्जालले जोड्ने छ।

यस्तै ४ र ५ नम्बर प्रदेशमा विस्तारको जिम्मा पाएको युनाइटेड टेलिकमले भने नेपाल दूरसञ्चार प्राधिकरणसँग २०७४ वैशाखमा मात्रै सम्झौता गरेर दुई वर्षमा विस्तारको काम सक्ने लक्ष्य लिएको छ। २ अर्ब १ करोड रुपियाँको लागतमा उक्त परियोजना विस्तारको काम युनाइटेड टेलिकमले थालेको हो।

युनाइटेड टेलिकमले मध्य पहाडी लोकमार्गअन्तर्गतको गोरखाको आरुघाटदेखि रुकुमसम्म तथा प्रदेश ४ र ५ का राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम, नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गमा जोड्ने छ।

युनाइटेड टेलिकमले ४ र ५ नम्बर प्रदेशमा फाइबर विच्छाउनको लागि रुट पहिचान र वातवरणीय प्रभाव मूल्याङकनको काम गरिरहेको प्राधिकरणले जनाएको छ।

उता प्रदेश नम्बर ६ र ७ मा भने स्मार्ट टेलिकमले प्राधिकरणसँग २०७४ साउनमा सम्झौता गरेर काम अगाडि बढाएको छ। उसको पनि दुई वर्षमा परियोजना सक्ने लक्ष्य छ। स्मार्टले ३ अर्ब ९४ करोड रुपियाँको लागतमा परियोजना पूरा गर्न छ।

मध्य पहाडी लोकमार्ग अन्तर्गतका रुकुमदेखि बैतडीको झुलाघाटसम्म तथा प्रदेश नम्बर ६ र ७ का ाष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम, नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गमा जोड्ने छ। कम्पनीले विस्तारको लागि रुट तय गर्दैछ भने वातवरणीय प्रभाव मूल्याङकनको काम गरिरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्